नवलपुर-नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा गम्भीर घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतकहरुको परिचय खुलेको छैन ।