बुटवल-नवलपरासीमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम बर्दघाट नगरपालिका १५ चोरघोलस्थित बनकट्टी खहरे खोलाले स्थानीय २० वर्षीय सुधिर बिक र १४ वर्षीय प्रविन बिकको मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ ।
खोलामा माछा मार्न गएका प्रविन चिप्लिएर डुबेपछि बचाउन खोलामा गएका सुधिर पनि डुबेका थिए । खोलामा डुबेर बेपत्ता भएका दुवैजनाको शव करीब ५ सय मिटर तल शव फेला परेको प्रदेश ५ प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।