बुटवल-पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-तानसेन सडक खण्ड अझै पनि खुल्न सकेको छैन। राजमार्गको पाल्पा तिनाउ गाउँपालिका दोभानमा पहिरो हिजो सोमबार बेलुका ५ बजेतिर पहिरो खसेको थियो।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दोभानको प्रहरी चौकीनजिकै पहिरो खसेर सडक अवरुद्ध भएपनि निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन सकिएको छैन।
सडक नै ढाकिने गरी पहिरो खसेको प्रहरीले जनाएको छ। सो सडकखण्डमा गुड्ने गाडी अलपत्र परेका छन्।