दाङ–ईलाका प्रहरी कार्यालय गढवा दाङले गाईको बाच्छी काटेर मासु खाएको बिषयमा अनुसन्धान थालेको छ।
छ दिन अघि गढवा गाउँपालिका वडा नं. ६ रामपुरमा गाइको बाच्छी काटेर मासु खाएको घटना सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको हो। घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रमुख भरतसिंह राठोरले जानकारी दिए।
प्रहरी र स्थानीयको टोलीले गाइको बाच्छी काटेर त्यसको खुट्टा, छाला, पुच्छर गाडेको स्थान फेला पारेको छ। सो स्थान उत्खनन् गर्दा खुट्टा, छाला, पुच्छर फेला पारिएको हो। स्थानीय एक जनाको बाच्छी गोठबाटै हराएको थियो। त्यही बाच्छी काटेर मासु खाएको हुन सक्ने आशंका गरिएको छ।