बुटवल-पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-तानसेन सडक खण्डको पहिरो हटाएपछि एकतर्फी रुपमा गाडी चल्न थालेका छन्। राजमार्गको पाल्पा तिनाउ गाउँपालिका दोभानमा पहिरो सोमबार बेलुका ५ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध थियो।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दोभानको प्रहरी चौकीनजिकै पहिरो खसेर सडक अवरुद्ध भएको सडकमा अब एकतर्फी गाडी चल्न थालेका छन्। तर पहिरोको जोखिम भने टरिनसकेको स्थानीय विष्णु पाण्डेले जानकारी दिए।