बुुटवल – सूर्य नेपाल प्रालिले प्रदेश ५ को कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बुुधबार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले उक्त रकमको चेक हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटरका लागि प्रयोग गर्न आग्रह गरे । उनले भने,–‘देशभर भेन्टिलेटर कम छन । यो रकम बिरामीको पहुुँचमा दीर्घकालीन रुपमा पुुग्ने गरी आइसियुु र भेन्टिलेटर खरिदमा प्रयोगमा आए राम्रो हुने थियो ।’
चेक बुुझदै मुुख्यमन्त्री पोखरेलले कोषको रकमसदुपयोग हुुने बताए । उनले सूर्य नेपाल प्रालिले आफ्नो लगानी प्रदेश ५ मा पनि ल्याउन आग्रह गरे । लगानीको वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए । त्यस्तै कार्यक्रममा टाइगर प्यालेस रिर्सोटका संस्थापक लगानीकर्ता नवराज बजगाईले प्रदेशका आफूहरुले लगानी विस्तार गर्ने तयारीमा रहेको बताए ।