बुटवल-बाढी पूर्वानुमान महाशाखाले नवलपरासी क्षेत्रका बासिन्दालाई बाढीबाट सतर्क रहन सुझाव दिएको छ।
आइतबार बिहानै ५ बजे सूचना जारी गर्दै महाशाखाले पछिल्लो ३ घण्टादेखि परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरै स्थानमा भारी वर्षा भइरहेकाले स्थानीय खोला नदीमा बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘थप वर्षा हुन सक्ने, अरूणखोला, गिरुवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासि बाढी आउन सक्छ, १० बजे सम्म सतर्क रहौं।’