बाँके-बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुकुम्बासी आयोगले बाँडेको ६ बिगाहा जग्जा कब्जा गरेको छ।
थारुवान स्वायत्त प्रदेश जनपरिषद्, नेपालले जग्गा रहेको ठाउँमा 'भूमाफियाहरु होसियार' लेखेको ब्यानर राखेर जग्गा कब्जा गरेको बताएको हो।
सुकुम्बासी आयोगले केही वर्षअघि कोहलपुर नगरपालिका वडा नं. ४ किरणनाला छेउको ६ बिगाहा जमिन जनसत्ताले कब्जा गरेको हो।
आयोगका तत्कालीन अध्यक्ष सन्तोष बस्नेतले उक्त जमिन ४१ जनालाई वितरण गरेका थिए। त्यो जग्गा पाउनेमा हुकुम्बासी बढी रहेको भन्दै केही दिनदेखि बाँकेमा आलोचना भइरहेको थियो।
जनपरिषद्ले केन्द्रीय नीति अनुसार भन्दै उक्त जग्गामा ब्यानर टाँसेर कब्जामा लिएको बताएको हो।