बुटवल । रुपन्देहीको सैनामैनामा २४ बर्षीय युवक झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। सैनामैना नगरपालिका–१ रानीकुवाका २४ वर्षीय गँगाबहादुर बिक आफ्नै घरमा मृत फेला परेको इलाका प्रहरी कार्यालय मुर्गिया (रन्यौरा)ले जनाएको छ। बि.क.की एक श्रीमति र २ छोरा-छोरी रहेका छन्।
मृतक वि.क.को शवलाई पोष्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।