दाङ–दाङमा प्रहरीले मोटरसाइकलको नक्कली व्लुवुक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा यातायाता व्यवस्था कार्यालय तुलसीपुरका कर्मचारी सहित पाँच जनालाई पक्राउ गरेको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरेर नक्कली व्लुवुक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी ४८ बर्षिय कृष्णप्रसाद खनाल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २१ बर्षिय हव्दुल हफिस सिद्धिकी, वडा नं. ५ निवासी चक्रबहादुर ओली, वडा नं. ६ निवासी ३७ बर्षिय जीवन पोख्रेल, ३२ बर्षिय विष्णु घिमिरेलाई सार्वजनिक गरिएको छ।
सरकारी छाप कृते बनाई नक्कली ब्लुबुक बनाईरहेको गोप्य सूचनाको आधारमा छापा मार्दा लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताव, प्रदेश सरकार प्रदेश नं. ५ भौतिक पुर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमती पत्र, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेको कागजहरु समेत बरामद गरिएको दाङका एसपी गणेश चन्दले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरु माथी सरकारी छाप दस्तखत कृर्ते मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको छ।
१० ओटा चोरीको मोटरसाइकल सहित १४ जना पक्राउ
दाङ प्रहरीले दश ओटा चोरीको मोटरसाइकल सहित १४ जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा चोरी भएका मोटरसाइकल सहित १४ जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २३ बर्षिय समिर सुनार, सोही ठाउँका २१ बर्षिय सुवास कार्की, वडा नं. ६ का २१ बर्षिय सागर हमाल, वडा नं. १४ का ३५ बर्षिय केन्द्रबहादुर डाँगी, लमही नगरपालिका वडा नं. ७ निवासी २५ बर्षिय प्रकाश चौधरी, राजपुर गाउँपालिका वडा नं. २ निवासी १९ बर्षिय आयोज चौधरी पक्राउ परेका छन्।
यस्तै सोही ठाउँका २२ बर्षिय प्रियतम चौधरी, लमही–७ का २५ बर्षिय पाल्टुराम चौधरी, राजपुर–२ का २७ बर्षिय रविप्रताप यादव, सोही ठाउँका २७ बर्षिय राजकुमार यादव, घोराही–१७ निवासी २३ बर्षिय निरज योगी, लमही–७ का २४ बर्षिय धनिराम चौधरी, घोराही–१३ का १८ बर्षिय सञ्जय परियार, लमही नगरपालिका वडा नं. ७ निवासी २७ बर्षिय हेमन्त गिरी पक्राउ परेका छन्। चोरी भएका मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको हो।
स्क्याभेटरमा आगजनी गरेको अभियोगमा विप्लव कार्यकर्ता पक्राउ
जिल्ला प्रहरी कार्यालय दाङले स्क्याभेटर आगजनीमा संलग्न नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ। गत जेठ २६ गते गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँको राप्ती नदी किनारमा पार्किङ्ग गरेर राखिएका पाँच ओटा स्क्याभेटरमा आगजनी गरेको अभियोगमा विप्लव समुहका जिल्ला सदस्य मदन केसीलाई पक्राउ गरिएको दाङका एसपी गणेश चन्दले बताए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरी निवासी ४० बर्षिय केसीलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।