नवलपरासी-पहिरोले पूर्वी नवलपरासिको बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरिँदा दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
रातिको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको र घर समेत पुरेको उनका छोरा धनबीर सार्कीले जानकारी दिए।
'राति करीब ३ बजे तिर घर माथिबाट ठूलो पहिरो आएर बुबा र आमा बसेको घर नै सुतेकै अबस्थामा पहिरोले लग्यो र बुबा आमा नै बेपत्ता हुनुभयो, बुबा आमा संगै घरमा रहेका बाख्रा ,कुखुरा,सबै पहिरोले पुरेको छ-धनबीरले भने।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएको बताए।