बुटवल–सोमबार केहिबेर सुचारु भएर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड मंगलबार अपरान्हबाट एकतर्फी सुचारु भएको छ।
मंगलबार बिहानदेखि दिनभरको प्रयासमा ठूला ढुंगा फुटाउने र लेदो माटोसहित खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ।
दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छाउने काम भने बा“की नै रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। राजमार्गका विभिन्न स्थानमा खसेका पहिरोमा एकतर्फी मात्र सुचारु गरिएको र दोहोरो सवारी साधन चल्ने बनाउन पहिरो सफा गर्ने काम बा“की रहेको उनले बताए।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडा“डा, दोभान, झुम्सा, गिटीखानी, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेर मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो।
केही दिनदेखिको वर्षाका कारण राजमार्गको पाल्पा डुम्रे गौडेपुलदेखि तल्लो सिद्धबाबासम्म दर्जन बढी स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने र खुल्ने गरेको सडक डिभिजनले जनाएको छ। शुक्रबार देखि अवरुद्ध सडक सोमबार केहीबेर सञ्चालन भएपनि पुनः अवरुद्ध भएको थियो । सडक डिभिजनले समयमा लोडर, स्काभेटर व्यवस्थापन नगर्दा यात्रु र चालकले सास्ती खेप्नु परेको छ।