स्याङ्जा- घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा स्याङ्जा गल्याङ नगरपालिका-१० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको मृत्यु भएको छ। मायाकी २० वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन्।
घाइते नारायणीलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारी जानकारी दिए। उनका अनुसार घर भन्दा २० मिटरमाथि रहेको ढिस्को खसेको घर पुरेको थियो।