बुटवल–भारतबाट अवैध रुपमा नेपाल ल्याइएका भैसीका ३९ वटा पाडापाडी प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय कृष्णनगर र बहादुरगञ्जको टोलीले ६ लाख ३० हजार मूल्य पर्ने पाडापाडी नियन्त्रणमा लिएको हो।
क्वारेन्टाईन जाँच पास नगरी चोर नाका हुदै पाडापाडी ल्याएकोले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए।
नियन्त्रणमा लिईएका पाडापाडीलाई कृष्णनगर भन्सार कार्यालय र सुठौली भन्सार कार्यालय पठाइएको उनले बताए।