धनुषा-धनुषामा कोरोना भाईरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ।
उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
अत्यधिक ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
कोरोना भाइरसको संक्रमण देखिएका ती व्यक्तिलाई थप उपचारका लागि आइतबार धरान लैजाँदै गर्दा सिरहा पुगेपछि बाटोमै ज्यान गएको अस्पतालले जनाएको छ।