काठमाडौ-नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएकाे छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएकाे छ। पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको साेमबार मृत्यु भएकाे मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ४८ पुगेको छ।