बुटवल-देशभरका अधिकांश स्थानमा मंगलबारको मौसममा आंशिक बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन १३ गते (मंगलबार)
दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
साउन १४ गते (बुधबार)
दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
साउन १५ गते (बिहिबार)
दिउँसोः देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर साधारणतया देखि अधिकांश बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।