काठमाडौ-प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण देखिएको छ।
काठमाडौं नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयमा रहेका चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायतमा कोरोना संक्रमण देखिएको हो। नेपाल प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनीहरुलाई सशस्त्र प्रहरीको अस्पताल लैजाने तयारी गरिएको छ। यसअघि आइतबार प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ प्रहरीमा कोरोना संक्रमण देखिएको थियो।