बुटवल-रुपन्देहीमा माछालाई दाना दिने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका–६ पूर्वपौनीका ४६ वर्षीय रामबहादुर चौधरी आफ्नै माछापोखरीमा माछालाई दाना दिने क्रममा पोखरीमा डुबेका थिए। पोखरीमा डुबेका उनलाई घरपरिवार र छिमेकीको सहयोगमा निकालेर उपचारका लागि अस्पताल लगिएको थियो।
मणिग्रामको क्रिमसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।