बुटवल । नेकपा एमालेले रुपन्देही–५ मा बासुदेव घिमिरेलाई टिकट दिएपछि त्यहाका एमाले कार्यकर्ता उत्साही भएका छन् । तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरे तिलोत्तमा नगरपालिकालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन सफल नेता हुन् । हिजो सांझ रुपन्देही ५ मा तिलोत्तमाका पूर्वमेयर बासु घिमिरेलाई सिफारिस गरिएको खवर सार्वजनिक भएसंगै त्यहांका कार्यकर्ता खुसी भएका हुन् । तिलोत्तमालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउने ब्यक्ति आफ्नो क्षेत्रको उम्मेदवार भएर आउने खबरले यहांका जनता एकदमै खुसी छन् एमाले नेता रामचन्द्र यादवले भन्नुभयो ।
त्यहां खिमलाल भट्टराई उम्मेदवार हुने अपेक्षा गरिएको थियो । भट्टराइले लामो समयदेखि लुम्विनी क्षेत्रमा सक्रियता देखाउंदै आउनुभएको थियो । त्यहांका कार्यकर्ताले खिमलाल भट्टराइलाई उम्मेवार बनाए निर्वाचन जिताउन सहज हुने बताउंदै आएका थिए । भट्टराइको राष्ट्रियसभा सदस्य कार्यकाल नसकिएको भन्दै पार्टीले उनलाई रोकेपनि घिमिरेलाई उम्मेदवार बनाएर पठाएपछि त्यहांका बासिन्दा अझ उत्साहीत छन् ।
बासुदेव घिमिरेले तिलोत्तमालाई उत्कृष्ट नगरपालिका बनाउनुभएको सुनेका थियौं,तिलोत्तमा क्षेत्रको यात्रा गर्दा लोभ लाग्थ्यो,त्यस्ता ब्यक्ति हाम्रो क्षेत्रको उम्मेवार हुने कुरा स्वागतयोग्य छ लुम्विनीका हरि भण्डारीले भन्नुभयो ।
घिमिरेको कार्यक्षमताप्रति देशभर चर्चा हुनेगर्छ । काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो चुनावी अभियानका क्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जस्तै काम काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । । उहांले चुनाव जितेपछि घिमिरेको चर्चा अझ बढी चुलिएको थियो ।
यसअघि घिमिरे नेता घनश्याम भुसाल संगै रुपन्देही ३ बाट सिफारिस भएका थिए । तर रुपन्देही ३ तालमेलका लागि छाडेपछि घिमिरेलाई रुपन्देही ५ बाट उम्मेदवार बनाइएको हो ।