काठमाडौं- वर्ष २०२२ को ग्लोबर हंगर इन्डेक्स प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनअनुसार भारतभन्दा राम्रो स्थिति नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशको रहेको छ।
१२१ मुलुकलाई समावेश गरेर सार्वजनिक भएको प्रतिवेदनमा भारत १०७ र नेपाल ८१ औं स्थानमा छ। त्यस्तै पाकिस्तानको स्थान ९९ औं रहेको छ।
यस सूचीमा दक्षिण एसियाको सबैभन्दा राम्रो स्थितिमा श्रीलंका रहेको देखिएको छ। आर्थिक संकटको सामना गरिरहेको श्रीलंका सूचीको ६४ औं स्थानमा छ। त्यस्तै बंगलादेश ८४ औं स्थानमा रहेको छ।
अफगानिस्तानबाहेक हंगर इन्डेक्समा भारतभन्दा सबै छिमेकी राष्ट्रहरूको स्थिति राम्रो रहेको छ। अफगानिस्तान यस सूचीमा १०९ औं स्थानमा रहेको छ।
ग्लोबल हंगर इन्डेक्स (जिएचआइ) वैश्विक, क्षेत्री र राष्ट्रियस्तरमा भोकलाई व्यापक रूपमा मापन गर्ने र त्यसमाथि नजर राख्ने एक प्रक्रिया हो।
जिएचआइ मूलतः कुपोषण, शिशुमा भयन्कर कुपोषण, बच्चाको विकासमा अवरोध र बाल मृत्युदरको आधारमा मापन गरिन्छ।जिएचआइको कुल अङ्क १०० हुन्छ। र, यसकै आधारमा कुनै देशको भोकको गम्भीरताको स्थितिलाई मापन गरिन्छ।यदि कुनै देशको अङ्क शून्य छ भने त्यसलाई राम्रो स्थिति मानिन्छ भने सय अङ्क ल्याउनेको ज्यादै खराब।