बुटवल । रुपन्देहीका पुराना पत्रकार टेक मास्की रानाको निधन भएको छ । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको हो ।
स्याङ्गजा स्थायी घर भएका राना लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो । डेंगुसंगै मिर्गौला र जण्डिसको बिरामी रहनुभएका उहांको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो ।
उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि अन्नतः बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गर्नुभएको छ ।
२ दशकभन्दा लामो पत्रकारिता गरेका मास्के नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व कार्यसमिति सदस्य,लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख हुनुहुनथ्यो । केहि वर्ष अघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा २ छोरी सहित तीन सन्तान छन् ।
सरल,सादगी,पेशाप्रति बफादार र लगनशिल रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णनीय क्षति पुगेको पत्रकार महासंघले बताएको छ ।