बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले चिल्लो र फराकिलो सडक निर्माणपछि गुल्जार बन्दै गएको कालिकापथकै मोडलमा बुटवलको मिलनचोकदेखि देविनगर हुँदै हात्तिसुढ तथा रङ्गशालासम्मको सडक बिस्तार गर्ने योजना अघि सार्नुभएको छ । कालिकापथमा सडक निर्माणपछि चहलपहल बढ्नुका साथै व्यवस्थित बन्ने क्रममा रहेको बताउँदै पौडेलले त्यसैगरी बुटवलका अन्य सडकहरुको पनि निर्माण गरिने उल्लेख गर्नुभयो ।
निर्माणाधीन कालिकापथले पूर्णता पाउँदा बुटवलकै मुहार फेरिने गरी शहरीकरणको रुप देखिने दाबी गर्दै उनले उक्त पथमा रहेको विद्युतलाइनका टावरहरुलाई समेत व्यवस्थित गरिने उल्लेख गर्नुभयो । सडक क्षेत्रमा पर्ने मठमन्दीरहरुलाई समेत व्यवस्थित गरी सुन्दर बुटवलको परिकल्पना गरिएको उहांले बताउनुभयो । नेकपा एमालेले सोमबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पौडेलले बिकास निर्माणमा राजनीति नगर्न आग्रह समेत गर्नुभयो । निर्माणाधीन तिनाउ करिडोर सम्पन्न भएपछि बुटवलको मुहार फेरिने दाबी गर्दै उहांले यो योजनाबाट यहाँको कोही पनि जनता विस्थापित नहुने बताउनुभयो ।
तिनाउ–दानव करिडोरले यहाँका कोही पनि विस्थापित हुनु नपर्ने स्पष्ट पार्दै उनले करिडोरको अधिकार क्षेत्रमा रहेका घर–परिवारलाई समेत त्योभन्दा राम्रो र व्यवस्थित ठाउँमा स्थानान्तरण गरेर योजना अघि बढाइने उल्लेख गर्नुभयो । बुटवलका जनतालाई सुरक्षित र व्यवस्थित बनाउनकै लागि अघि बढाइएको योजना भएका कारण कोरिडोरका कारण कसैको पनि घरबास नउजाडीले उनले दोहो¥याउन भयो ।