बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ का वाम लोकतान्त्रिक गठवन्दनका साझा उम्मेदवारहरु सोमवार पनि घरदैलोमा व्यस्त भएका छन । उनीहरु विहानै देखि आ आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा खटिए । प्रतिनिनिधि सभा सदस्य पदका उम्मेदवार केशव बहादुर थापा (सुर्यवंशी) तिलोत्तमा नगरपालिका ४ डिङगरनगर र बुटवल ३ का विभिन्न वडामा घरदैलो गरि मतदातासंग भोट माग्नुभयो ।
बुटवल –३ को ज्योतिनगर, चिडियाखोला र गोलपार्क क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको प्रचार प्रसार समितिले जनाएको छ । ज्योतिनगरका पहिरो प्रभावितहरुले पहिरोको नियन्त्रणको लागि दिर्घकालिन योजना बनाउन आग्रह गरेका थिए । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापा र प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीले पहिरो प्रभावितहरुको समस्या समाधान गठवन्धन सरकारले मात्र गर्न सक्ने बताउनु हुदै चुनावमा मात्र होईन अन्य समयमा पनि साथसंगै रहेको बताउनु भयो ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले पहिरो नियन्त्रण गरि जनताको जिउधनको शुरक्षाको लागि स्थानीय, प्रदेश र संघीयसरकारसंग समन्वय गरि काम भईरहेकाले विश्वस्त रहन आग्रह गर्नुभयो । गठवन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुहुदै उहांहरुले आफुहरु नै जनताको सच्चा प्रतिनिधि बन्ने विश्वास दिलाउनुभयो ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापा, निर्वाचन क्षेत्र नं २(१) प्रदेश सभा सदस्य पदका उम्मेदवार दिर्घबहादुर केसी कुमारले संयुक्त रुपमा घरदैलो कार्यक्रम गर्नुभएको थियो । तिलोत्तमा ४ डिङगरनगर, सिमानगर, सुनौलोनगर श्रृजना नगर लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको प्रदेश १ नं क्षेत्रका प्रचार प्रसार संयोजक खड्ग बहादुर महतले जानकारी दिनुभयो ।