भैरहवा । अरुले गरेको विकासको गृहमन्त्री बालकृष्ण खाणले लिन खोज्नु गलत भएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
खाँणले जिल्लामा पूर्वमन्त्री भएका बेला विष्णु पौडेल र दिपक बोहोराले शुरु गरेका योजनाको जस लिन खोजेको भन्दै सहभागीले अन्य दलका नेताले राम्रो गरेको कामको खुलेरै प्रशंसा गर्न आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नं ५ मैत्री पथमा भएको खुल्ला मञ्चमा बोल्ने बक्ताहरुले दिपक बोहराका अगाडि अरुले बिकासका कुरा गर्नु, सुर्यका अगाडि दियो देखाउनु जस्तै भएको बताए ।
लुम्बिनी प्रदेश सरकारका पुर्ब मन्त्री कल्पना पान्डेले बिकासको सवालमा भैरहवाका लागि अन्य नेता र दिपक बोहरा तुलना गर्न नमिल्ने बताउनुभयो । बिकासका लागि प्रतिनिधि सभामा रूपन्देही ३ मा दिपक बोहरालाइ जिताउनु पर्ने बताउंदै बिकास र समृद्धिका लागि ३ दलका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।
जसपाका नेता तथा प्रदेश सभा सदस्य रुपन्देही ३ ख का उम्मेदवार महेन्द्र यादवले देशमा चरम भ्रष्टाचार र महंगी बढेको बताउँदै यसको जिम्मेवारी सरकारले नलिनु बिडम्बना भएको बताउनुभयो । “महंगी बढेर जनता मारमा छन् । बैंकको ब्याजदरले उद्योग बन्द हुन थाले तर, सरकार लाचार छ अझै गृहमन्त्रीले जनतालाई सपना बाँड्न छोड्नुहुन्न । खहिले सरकारमा भएका बेला काम गर्न उहाँलाई के ले रोक्या ? यादवले प्रश्न गर्नुभयो ।
५ दलको सिन्डिकेटलाई हटाउन एमाले, राप्रपा र जसपाबीच तालमेल भएको भन्दै उहाँले फैसला जनताको हातमा भएको बताउनुभयो । देशलाई निकास दिन केपी ओलि नेतृत्वको सरकारको विकल्प नभएको उहाँको भनाइ छ ।
राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले यो निर्बाचन बिकासको मुद्दा र देशको मुद्दा रहेको बताउनुभयो । दिपक बोहरा विकासप्रेमी नेता भएकाले यो क्षेत्रको आमुल परिवर्तका लागि साथ दिन आहान गर्नुभयो ।
रुपन्देहीमा भैलोभुज परियोजना भित्र्याएर बोहोरोले विकासको थालनी गरेको बताउँदै उहाँले पदमा हँुदा र नहुंँदा सदैब उहाँको योगदान रहेको चर्चा गर्नुभयो ।