पाल्पा । पाल्पा क्षेत्र नं २ मा नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ । एमालेले यस पटक प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ । नेता गैरेलाई उम्मेदवारको रुपमा पाउँदा पाल्पाली मतदाताहरु उत्साही भएको निर्वाचन परिचालन कमिटी पाल्पा २ का चुनावी कमाण्डर धनेन्द्र घिमिरेले बताउनुभयो ।
नेपाली राजनीतिक तथा सामाजिक आन्दोलनमा लामो समय बिताउनुभएका गैरेले यसअघि कुनै संसदीय निर्वाचनमा मौका पाउनुभएको थिएन । क्रियाशील राजनीतिक जीवनको ३२ वर्ष पछि उहाँ पहिलोपटक उम्मेदवार बन्नुभएको हो । यसकारण पनि पाल्पालीहरुले यसपटकको निर्वाचनमा ठाकुर गैरेलाई महत्व दिएको पाल्पाका पुराना नेता झपेन्द्र बहादुर जिसीले बताउनुभयो ।
उम्मेदवार गैरले शुक्रवार तिनाउँ गाउँपालिका ६ मस्यामका मतदाताहरुसँग भेटघाट गर्नुभयो । भेटघाटका क्रममा मतदाताहरुले यस पटक पाल्पामा ठाकुर गैरेको कुनै विकल्प नरहेको बताए । यसअघि एउटै व्यक्तिले पटक पटक मौका पाउँदा पनि पाल्पाले विकासको महसुस गर्न नपाएको भन्दै यसपटक गैरेलाई मत दिई बिजयी गराउने बताए । गैरे उम्मेदवार भएपछि क्षेत्र नं. २ मा मात्रै १ हजार बढी युवाहरु अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरिसकेका छन् भने दैनिक रुपमा पार्टी प्रवेश गर्नेहरु बढ्दै गएको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।
सिद्धबाबा सुरुङ मार्ग बनाउने, बुटवल र पोखरा सडकखण्डको दूरी कम गर्ने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नति, आवश्यक स्थानमा पुल निर्माण जस्ता विकासको अगुवाई गर्न युवा नेता गैरेलाई संसदमा निर्वाचित गराएर पठाउनु पर्ने तिनाउ पाल्पाका जनप्रतिनिधि यादव गैरेले बताउनुभयो ।