बुटवल । पार्टीको प्रचार महिलाले धानेका कारण यसको कदर हुनुपर्नेमा जोड दिइएको छ । देशका हरेक परिर्वतनसँगै हरेक चरणका निर्वाचनका प्रचारमा महिलाको सक्रियता बढी हुने गरेकाले यसको मूल्यांकन हुनुपर्ने उनिहरुको माग छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी बुटवल १३ ले आज आयोजना गरेको महिला भेला तथा मतदाता शिक्षा कार्यक्रमका सहभागीले महिलाका मुद्धामा अधिकांश दलहरु गम्भीर नदेखिएको गुनासो गरे ।
अन्य दलका तुलनामा नेकपा एमालेले महिला हक र अधिकारलाई जोड दिदै आएकाले यो निर्वाचनमा एमाले उम्मेदवारको पक्षमा मतदान गर्ने उनिहरुको भनाइ छ । देशमा भएका पटकपटकका आन्दोलनले व्यवस्था परिवर्तन भए पनि अब महिलाको अवस्था परिवर्तन गर्न प्रतिबद्ध दलका उम्मेदवारलाई भोट हाल्ने महिलाहरुले बताए ।
भेलामा रुपन्देही क्षेत्र नम्बर २(२) का उम्मेदवार भोज प्रसाद श्रेष्ठले निर्वाचनको प्रचारमा महिला सहभागिता र सक्रियताको प्रशंसा गर्नुभयो ।

उहाँले पार्टी सधैँ महिला हक र अधिकारका लागि प्रतिबद्ध रहेको बताउँदै उहाँले अबका दिनमा पन सशक्तीकरणका कार्यक्रम ल्याउने बताउनुभयो । राजनिती प्रतिको वितृष्णा हटाउन प्रतिबद्धता अनुसारका काम गर्ने उहाँको भनाइ छ । “अरु पार्टीको पनि हामीप्रती सदा सयता छ, हामी सबैलाई समेटेर अघि बढ्छौ”, उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज गुमादेवी आचार्यले मंसिर ४ को निर्वाचन एउटा युद्ध भएकाले जसरी पनि जित्न जरुरी रहेको बताउनुभयो । एमालेले जिते मात्रै परिवर्तका लागि भएका आन्दोलनका उपलब्धि जोगिने भएकाले सचेत भएर पार्टी हितका लागि अझै सक्रिय भएर लाग्न महिलाहरुलाई आव्हान गर्नुभयो ।
प्रदेश सभाका समानुपातिक पदका उम्मेदवार जानकी घिमिरेले सधैँ महिलाको पक्षमा आवाज उठाउँदै आएकाले आफु निर्वाचित भएपछि सदनमा अझै गम्भीर ढंगले प्रस्तुत हुने बताउनुभयो । उहाँले महिलाको नेतृत्व र ब्यक्तित्व विकासका साथै घरेलु श्रमको मूल्याकंन गर्न राजयलाई घच्घच्याउने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेश सभाका समानुपातिक उम्मेदवार ज्ञानु केसीले महिला सशक्तीकरणमा जोड दिनुका साथै सीप र आर्थिक उपार्जनमा महिलालाई जोड्ने कार्यक्रम लिएर आउने प्रतिवद्धता जनाउनुभयो । उहाँले हिंसा र विभेद रोकथामका महिलाहरुको प्रतिनिधिमुलक पात्र बनेर काम गर्ने बताउनुभयो । “हिजोका दिनमा ब्यवस्था बदल्न लाग्यौ अब अवस्था बदल्न लाग्नेछु ”, उहाँले भन्नुभयो ।
प्रदेश सभाका समानुपातिक उम्मेदवार रेवती घलेले संविधानमा महिला हक र अधिकाका पक्षमा उल्लेख भएका विषय कार्यान्वयनमा भुमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रदेश सभा समानुपातिक उम्मेदवार एजाज आलमले सबै वर्गको हितमा काम गर्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयोे । पछिल्लो समय बढ्दो बेरोजगारी र महंगीले जनता आत्तिएको बताउँदै यी समस्याबाट छुटकारा पाउन पनि एमाले उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
अर्का प्रदेश सभा समानुपातिक उम्मेदवार कुमार थापाले सबै जाती र वर्गको पक्षमा काम गर्ने पार्टी नेकपा एमालेको पक्षमामंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । “काम गर्न निर्वाचनबाट चुनिनुपर्छ त्यसका लागि विवेक पुर्याएर एमाले उम्मेदवारलाई छानौ”, उहाँले भन्नुभयो ।
भेलामा मतदाता शिक्षाबारे जानकारी गराउँदै पार्टीका प्रदेश प्रचार विभाग प्रमुख एवम प्रदेश कमिटी सदस्य डि आर घिमिरेले जनताका बिचमा जादा नम्र भएर सहि ठाउँमा छाप लगाउन सिकाउनुपर्ने बताउनुभयो ।
प्रदेश कमिटी सदस्य कृष्ण कुँवरले मतदानका क्रममा कतिपय ज्येष्ठ नागरिकले ल्याप्चे लगाएर हिड्ने गरेको पाइएकाले सबैलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन परिचालन कमिटीका वडा संयोजक मधुकला कुँवरले अन्य पार्टीको तुलनामा एमालेले महिला सहभागीता र सशक्तीकरणमा जोड दिएकाले यो निर्वाचनमा सबै महिलाको साथ र सहयोग रहने बताउनुभयो ।
महिला निर्वाचन परिचालन कमिटीका संयोजक जमुना सुवेदीले मंसिर ४ गतेको प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवारका पक्षमा मतदान गर्न महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
