रुपन्देही । रुपन्देहीका ५२ कैदीबन्दीले मतदान गरेका छन् । आज भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन कार्यालयले जिल्ला कारागार परिसरमै मतदान गर्ने व्यवस्था मिलाएपछि यहाँका कैदीबन्दीले मतदानमा सहभागी भएका हुन् ।
उनिहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मतदान गरेको निर्वाचन कार्यालयका प्रवक्ता टेकराज पन्थीले जानकारी दिनुभयो ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र अस्थायी मतदान केन्द्रमा खटिएका तीन कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।