बुटवल । प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचनको मतगणनाका बारेमा रुपन्देहीका बिभिन्न क्षेत्रमा सर्वदलीय बैठक सम्पन्न भएको छ । केही क्षेत्रमा बैठक जारी छ । रुपन्देही क्षेत्र नम्बर ३ र ४ को सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिनुभयो ।
सर्वदलीय बैठक सम्पन्न भएका क्षेत्रमा बिहान ८ बजेपछि मतगणना हुने भएका छन् । यसैगरी रुपन्देहीका ३ वटा निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक जारी रहेका छन् । रुपन्देही क्षेत्र नम्बर १, २ र ४ मा सर्वदलीय बैठक जारी छ ।