बैतडी - साेमवार बिहान बैतडीमा भएकाे जीप दुर्घटनामा चार प्रहरीकाे ज्यान गएकाे छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेकाे से १ ज ८५४ नम्बरको जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडीमा दुर्घटनामा परेको हो ।
घाइते हुनेहरुमा गोपालबहादुर पाल, भानु विष्ट, अर्जुन कठायत, लोकबहादुर कठायत, टेकेन्द्रसिंह ऐर र आसा धामी रहनुभएको छ ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ । मृतकहरुको परिचय खुल्न बाँकी रहेकाे छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएकाे छ ।