बुटवल । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले दोब्बरभन्दा बढी मतको अग्रता बनाउनु भएको छ । राउतले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत पाउनुभएको छ ।
राउत र यादवबीचको मतान्तर २७२७ छ, जुन यादवले पाएको मतभन्दा करिब चार सयले बढी हो । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १०१८ मत पाउनुभएको छ ।
यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार छैनन् । एमालेले जसपा अध्यक्ष यादवलाई सघाएको छ भने कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट ठाकुर उम्मेदवार हुनुहुन्छ ।