बुटवल ।समानुपातिक प्रणालीतर्फको प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमा छ । उसले हालसम्म ४५ हजार ७२३ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ४० हजार ३१७ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसले १८ हजार ६८६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले १७ हजार ३४२ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले ९ हजार ५४ र जनता समाजवादी पार्टीले ३ हजार ३२० मत पाएका छन् ।