रुपन्देही । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेकपा एमालेले २ र अरु अलग अलग पार्टीका उम्मेदारहरुले १-१ स्थानमा अग्रता लिएका छन् । क्षेत्र नं १ मा एमालेका उम्मेदार छविलाल विश्वकर्माले १७३८ मतका साथ अगाडि हुनुहुन्छ भने नागरिक उन्मुक्तिका लालबिर चौधरीले १५९७ मतका साथ पछ्याईरहनुभएको छ। सत्तागठबन्धनका उम्मेदवार घनश्याम भुसालले १४०४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।रुपन्देही २ मा सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले झिनो नतले अग्रता लिनु भएको छ । पछिल्लो मत परिणामअनुसार २२४४ मतका साथ उहाले झिनो अग्रता लिनु भएको छ भने १९४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याईरहेको अवस्था छ भने तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थमा जनमुक्तिका केशव थापाले १४६१ मत ल्याएनुभएको छ । क्षेत्र नं ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाणले अग्रता कायम राख्नुभएको छ । उहाले १९४१ मतका साथ अग्रता कायम राख्नुभएको छ भने एमालेको समर्थनमा उम्मेदवार रहेका राप्रपाका दिपक बोहोराले १४३६ मत ल्याउनु भएको छ ।
क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिनु भएको छ । ३९९४ मतका साथ अग्रता लिएका शुक्लालाई नेपाली कांग्रेसका प्रमोद यादवले २७६१ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने जनमतका भोपेन्द्र यादवले २११४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ।
क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिनुभएको छ । घिमिरेले ५०७० मत प्राप्त गर्दा काङ्ग्रेसका भरत शाहले ४७५२ मत प्राप्त गर्नुभएको छ ।