बुटवल । रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७५१ मतले अग्रता लिनुभएको छ । २७ हजार ७२५ मत गणना हुंदा पौडेलले ९ हजार ५४५ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ८ हजार ७ सय ९४ मत सहित पछ्याइरहनुभएको छ । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ७ हजार २ सय ७२ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ। १५ हजार मत गन्दासम्म एमाले उपाध्यक्ष पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशले पछाडि पार्दै आउनुभएको थियो । त्यसयता भने पौडेलले अग्रतालाई निरन्तरता दिनुभएको छ । रुपन्देही २ मा विष्णु पौडेल लगातार ३ पटक निर्वाचित हुनुभएको थियो ।