बुटवल । सञ्चारिका समूह नेपालको आयोजना तथा आईपासको सहयोगमा पत्रकार महिलाहरुका लागि प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि तालिम आजदेखि बुटवलमा शुरु भएको छ ।
पत्रकार महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा लुम्बिनी प्रदेशका २५ जना महिलाहरुको सहभागिता रहेको छ ।

तालिमको शुभारम्भ गर्दै सञ्चारिका समूह नेपालका केन्द्रीय अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाहरुको लेखन र नेतृत्व क्षमता विकास गर्न तालिम फलदायी हुने विश्वास गर्नुभयो ।
तिन दिनसम्म चल्ने तालिमको पहिलो दिन अग्रज पत्रकार दीपक अधिकारीले सम्पादकीय क्षमता, सम्पादक र संवाददाताबीचको सम्बन्ध लगायतका विषयमा सहजीकरण गर्नुभएको छ । तालिममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र न्युज एजेन्सीका कृष्णा पौडेलले प्रशिक्षण दिनुहुने सञ्चारिका समूहका महासचिव बसन्ती बास्तोलाले जानकारी दिनुभयो ।