बुटवल । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।