बुटवल । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) र ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिनुभएको छ ।
काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली सरुवा हुनुभएको छ । त्यस्तै सन्तोष सिंह् राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बन्नुभएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा हुनुभएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा हुनुभएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारी सीआईबीमा सरुवा हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।