रुपन्देही । नवौं लुम्बिनी खाना महोत्सव आजदेखी लुम्बिनीमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य बासुदेव घिमिरेले लुम्बिनीको बिकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“ अब लुम्बिनी भित्र मात्र होइन , बाहिर पनि आहा भन्ने बनाउनु छ , त्यसका लागि सबैको सहकार्य जरुरी छ“, उहाँले भन्नुभयो ।
लुम्बिनीमा सरसफाइ र सौन्दर्यीकरण आवस्यक रहेकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । “सरकार एक्लैले केही गर्न सक्दैन सबै स्थानीय मिलेर सरसफाइ अभियान चलाउनुपर्छ । फोहर यत्रतत्र नफालौ” उहाँले भन्नुभयो, “हामी बुद्ध जन्मस्थलका नागरिक भएकाले आनिबानी बदल्न जरुरी छ ” ।
सरकार गठनले नयाँ आशा पलाएको बताउँदै उहाँले अब आर्थिक गतिविधि बढ्ने र होटल व्यवसायले गति लिने बिश्वास व्यक्त गर्नुभयो । “कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर गरेको छ ,अब व्यवसायीले अपनत्व लिनेगरी सरकारले नयाँ निर्णय लिने छ “, उहाँले भन्नुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेशकुमार त्रिपाठीले अहिलेसम्म लुम्बिनी गुरुयोजना पुरागर्नतर्फ ध्यानकेन्द्रीत गरेको बताउँदै अब लुम्बिनी पेरिफेरीको विकासमा सहकार्य गर्ने बताउनुभयो ।
लुम्बिनीमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै उहाँले नजिकका पलिकासंग समन्वय गरेर निकास निकाल्न आवस्यक रहेको धारणा राख्नुभयो ।
लुम्बिनी प्रदेस सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनीको बिकासमा दलगत स्वार्थभन्दा माथी उठेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन खानले महोत्सवमा सबैलाई समेट्न आग्रह गर्नुभयो ।
नगरका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीको बिकास र प्रवद्र्धधनका सबैको साथ र सहयोग आवस्यक रहेको धारणा राख्नुभयो ।
लुम्बिनी पर्यटन परिषदका सदस्य सचीव रामु जोशीले लुम्बिनीको बिकासमा प्रदेश सरकारले सहकार्य गर्दै आएको बताउनुभयो ।
पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनीका पर्यटन महाशाखा प्रमुख मुक्ति पाण्डेले ‘नयाँ वर्षमा लुम्बिनी जाऔं’भन्ने सन्देश सहित आयोजना गरिएको सडक खाना महोत्सव ब्रान्ड बन्दै गएको बताउनुभयो ।
लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले आर्थिक मन्दिका कारण होटल व्यवसाय प्रभावित भएको समयमा व्यवसाय चलायमान बनाउन सडक खाना महोत्सव आयोजना गरिएको बताउनुभयो ।
लुम्बिनी होटल संघका उपाध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।
नाटाका अध्यक्ष रचना पन्तले लुम्बिनीको आर्थिक समृद्धिका लागि सबैको सहकार्यमा अभियान चलाउनुपर्ने र निजि क्षेत्र त्यसका लागि तयार रहेको धारणा गर्नुभयो ।
कार्यक्रममा सिद्दार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने, होटल व्यवसायी पिताम्बर न्यौपाने, व्यवसायी सञ्जय बजिमय लगायतले पर्यटन प्रवद्र्ध्धनका लागि यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
संघका महासचिव पुरुसोत्तम अर्यालले कोरोनाका कारण सुस्ताएको लुम्बिनीको ब्यापार व्यवसायलाई उकास्न खाना महोत्सव सफल हुने बिश्वास व्यक्त गर्नुभयो । अंग्रेजी नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजित खाना महोत्सवमा विभिन्न जातजातीका परिकारहरु राखिएको छ ।