बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लिला गिरी नियुक्त हुनुभएको छ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीलाई आज नियुक्त गर्नुभएको हो ।
गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमाले, माओवादी केन्द्रसहितका सत्तारुढ दलले आजै दाबीपत्र पेस गरेका थिए ।
एमालेका २९, माओवादी १०, राप्रपा ४,नागरिक उन्मुक्ति पार्टीका ४, जजनता समावादी पार्टीका ३, स्वतन्त्र २, जनमत ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ गरी ५८ जना प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्नुभएको हो ।