काठमाडौँ । राष्ट्रिय सूचना आयोगले भ्रष्टाचार र अनियमितताका सूचना माग्नेहरू बढेको जनाएको छ ।
आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयुक्त कमला ओलीले पछिल्लो समय स्थानीय तहमा भएका आर्थिक क्रियाकलापको सूचना माग बढी हुने गरेको जानकारी गराउनुभयो ।
यो वर्ष मात्रै आयोगमा ५ सय ४८ उजुरी परेकोको जानकारी दिँदै आयुक्त ओलीले अस्कल क्याम्पसभित्रको अनियमितताको सूचना दिएबापत निष्कासनमा परेका उपप्राध्यापक रविन्द्र महतलाई पुर्नवहाली गर्न आयोगले आदेश दिएको पनि जानकारी दिनुभयो ।
पछिल्लो समय मधेश प्रदेशमा सूचनादाता असुरक्षित हुने गरेको आयोगले जनाएको छ ।