दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ । जसका लागी दिउँसो १ बजे प्रदेश सभाको बैठक राखिएको छ ।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयन हुन लागेको हो ।
आज सभामुख र उपसभामुख चयनको लागी लुम्बिनी प्रदेश सभा नियमावली अनुसार प्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्तावक सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरु माथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
सभामुखको लागी एक जना र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएको हो । घर्तीनै लुम्बिनी प्रदेश सभाको सभामुख चयन हुने लगभग निश्चित छ ।