कीर्तिपुर । गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ ।
बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उहाँहरूको स्वास्थ्य स्थिति गम्भीर छ ।
अस्पतालका अनुसार उहाँहरूको हाल अस्पतालको सघन कक्षमा उपचार हुँदैछ। डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।
उहाँ भन्नुहुन्छ, डा. भण्डारीको फोक्सोमा धुवा पसेकाले दुवैको अवस्था गम्भीर छ। डा. चन्द्र भण्डारीको सचिवालयका अनुसार बिहीबार राती १० बजे ग्यास पड्किएर घटना भएको थियो ।