बुटवल । रुपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोश्रो–चरण) को सहयोगमा प्राविधिक शिक्षालय÷विद्यालयहरुमा कार्यरत प्रशिक्षकहरुका लागि ७ दिवसीय उद्यमशिलता विकास विषयक प्रशिक्षक प्रशिक्षण तालिमको शुभारम्भ गरिएको छ ।
तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी लक्ष्मण ज्ञवालीले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याएको बताउनुभयो
रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाले तालिमलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन सिकेका कुराहरु व्यावहारमा उतानुपर्नेमा जोड दिनुभयो ।
उहाँले क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक तथा व्यवस्थापकीय कार्य सम्पादनका लागि उद्यमशिलता विकास विषयक प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश प्राविधिक संयोजक चक्रपाणि तिमिल्सिनाले तालिमले परियोजनाले निर्देशित गरेको आशातित उपलब्धीहरु हाँसिल गर्न प्राविधिक शिक्षालय÷विद्यालयहरुमा कार्यगत प्रशिक्षकहरुको उद्यमशिलता विषयमा क्षमता विकास गरी समय सापेक्ष सरोकारवाला प्रशिक्षार्थीहरुलाई सवल र सक्षम वनाउन सहयोगीको अवस्था श्रृजना गरी स्वरोजगार र समुन्नत श्रम सीपको उत्पादन गर्न सहयोग पुग्ने भनाइ राख्नु भएको थियो ।
प्रशिक्षक तारानाथ ढकालले तालिमले प्राविधिक प्रशिक्षकहरुले श्रम वजारलाई आवश्यक जनशक्तिको उत्पादन गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा रुपन्देही, नवलपरासी, दाङ, बांके, कपिलवस्तु लगायतका जिल्लाहरुबाट १९ जनाको सहभागिता रहेको छ ।