बुटवल । लुम्बिनी प्रदेश स्तरीय महिला मञ्च २०८० आजदेखि जिल्लाको तिलोत्तमामा शुरु हुँदै छ ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय तथा प्रदेश सञ्जालको आयोजना तथा लुम्बिनी प्रदेशमा क्रियाशिल संघ संस्था, समूह, सञ्जाल, सञ्चारकर्मी, नागरिक समाज, स्थानीय सरकारको सहयोग तथा सहकार्यमा लुम्बिनी प्रदेशमा सामाजिक रुपान्तरणमा महिला नेतृत्व भन्ने मुख्य सवालमा केन्द्रित भई महिला मञ्चको आयोजना गरिएको हो ।
‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता’ भन्ने नारा सहित आयोजना गरिएको महिला मञ्च दुई दिनसम्म चल्ने छ ।
महिलावादी दृष्टिकोणबाट समाजलाई विश्लेषण गर्न र महिला तथा पछाडि पारिएका समुदायको विद्यमान सवाल पहिचान र क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने उद्देश्यले महिला मञ्चको आयोजना गरिएको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका सस्थापक अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिनुभयो ।
महिलाको नेतृत्वलाई उनीहरुको अधिकारको रुपमा स्वीकार गरेको अवस्था नहुनु र महिला जनप्रतिनिधिहरुको पारिवारिक, सामाजिक र राज्यकै श्रोतमाथि पूर्ण रुपमा पहँुच स्थापित पनि हुन नकसेका कारण सरकारलाई दबाब दिन महिला मञ्चको आयोजना गरिएको उहाँको भनाइ छ ।
“महिलाको पहिचान सहितको सामाजिक रुपान्तरणका लागि रुपान्तरित नेतृत्व आवश्यक छ । रुपान्तरित नेतृत्वले समाजमा व्याप्त असमान शक्ति सम्बन्धलाई चुनौती दिदै समतामूलक समाज निर्माण गर्नका लागि योगदान पु¥याउँदछ ।”, उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेशमा ‘संक्रमण कालिन न्याय ः चुनौतीहरु’, ‘शरीर मेरो नियन्त्रण कसैको’ रुपान्तरित नेतृत्वका सवालहरु मूख्य विषयका रुपमा कार्यक्रममा छलफल गरिने अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नवनिर्वाचित महिला उपप्रमुख, उपाध्यक्षहरु, माहिला मानवअधिकार रक्षकहरु, महिला अधिवक्ताहरु, महिला अधिकारका क्षेत्रमा कृयाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय सरकारका पदाधिकारीहरु, संचारकर्मी र मानवअधिकारकर्मीहरु गरी तीन सय जनाको सहभागिता रहने छ ।