काठमाडौं। नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले नेता रायमाझीको घरमा छापा मारेको हो।
ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।
यो घटनामा यसअघि उहाँका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ परिसक्नु भएको छ।