काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।