रुपन्देही । एनएमबि बैंक मणिग्राम शाखाले तिलोत्तमा नगरपालिका मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयलाइ दुइ हजार लिटरको स्टिल पानी टंकी हस्तान्तरण गरेको छ ।
एनएमबि बैंक लुम्बिनी प्रदेशका सिनियर एरिया म्यानेजर युवराज पाठक एवं मणिग्राम शाखा प्रबन्धक केशव खनाल लगायतको टिमले शान्ति नमुना विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने, विद्यालयका निवर्तमान अध्यक्ष शरद भट्टराई, व्यवस्थापन समिति सदस्य तथा शिक्षकहरुको उपस्थितिमा २ हजार लिटरको पानी टंकी हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयका शिक्षक, विद्यार्थी एवम् कर्मचारीलाइ दैनिक रुपमा सफा, शुद्ध र स्वस्थ पानीको आवश्यकता पुर्ती गर्ने उदेश्यले पानी टंकी सहयोग हस्तान्तरण गरिएको बैंकका मणिग्राम शाखा प्रबन्धक केशव खनालले बताउनुभयो । बैंकको सामाजिक उत्तरदायित्य अन्तरगत तिलोत्तमा नगरपालिकाको पुरानो विद्यालयलाइ सहयोग गरेको हो ।
विद्यालय प्राचार्य कुलप्रसाद लामिछानेले एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोगको लागि आफ्नो विद्यालय छनौट गरेकोमा आभार व्यक्त गर्दै शान्ति नमुना विद्यालय आमनागरिकको एक उत्कृष्ट रोजाईको विद्यालय रहेको वताउनुभयो । दृष्टिविहिन, बहिरा एवं अटिज्म भएका विद्यार्थीहरुलाइ समेत गुणस्तरीय शिक्षा प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।