बुटवल-तिलोत्तमा नगरपालिका रुपन्देहीले अत्यावश्यकबाहेकका सार्वजनिक सेवाका कामकाजहरु बन्द गर्ने निर्णय गरेको छ।
कोभिड-१९ रोकथाप तथा व्यवस्थापन समितिको बैठकले नगर अन्तरगतका सबै वडा कार्यालयहरुबाट हुने अत्यावश्यक बाहेकका सबै सरकारी काम काज बन्द गर्ने निर्णय गरेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
सरकारी कार्यालयहरुमा हुने भिडभाडका कारण कोरोना भाइरसको संक्रमणको जोखिम हुनसक्ने भएकाले भदौ १० गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको उनले बताए।
घर नक्सा पास सम्बन्धि सम्पूर्ण कामकाज, राजश्व सम्बन्धि सम्पूर्ण कार्यहरु, पञ्जीकरण सम्बन्धी सम्पूर्ण कार्यहरु,व्यवसाय/सहकारी दर्ता एवं नविकरण सम्बन्धी सम्पूर्ण कार्यहरु, अत्यावश्यक बाहेकका सबै प्रकारका सिफारिसहरु, तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने नगरपालिकाको सूचनामा उल्लेख छ।
