रुपन्देही । तिनाउ नदीमा भइरहेको दोहनप्रति राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लाका तिनाउ, दानव नदी तथा देवदहका विभिन्न खोलाबाट हुने नदीजन्य पदार्थको निकासीमा व्यापक अनियमतिता भइरहेको भन्ने समाचार आइरहेको भन्दै संघले तुरुन्त नियन्त्रण गर्न जिल्ला प्रशासनसँग माग गरेको छ ।
सोमबार ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । “अनाधिकृतरुपमा व्यक्तिगत र संस्थागत मिलोमतोको विशेष गरेर बुटवल, तिलोत्तमा र देवदह क्षेत्रमा व्यापक चोरी निकासी भईरहेको र त्यसमा स्थानीय सरकार र प्रशासन मुकर्दशक भएर बसिरहेको भन्ने समाचारहरु आइरहेको छ । ” अध्यक्ष विकासजंग बस्नेतले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रशासनको मनौता र उदासिनताले गम्भिर आशंका उत्पन्न भएको जनाउँदै संघले तत्काल नदीजन्य पदार्थको चोरी निकासीलाई रोकेर त्यसमा सम्लग्न सबैलाई कारवाही गरी आगामी दिनमा नदीजन्य पदार्थको निकासीमा हुने सबै प्रकारका बेतिथिहरुको समूल अन्त्य गर्न स्थानीय सरकार र प्रशासनसंँग जोडदार माग गरेको छ ।
