काठमाडौँ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ ।
गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यस वर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो ।
प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेष गरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरु भएका कारण रोपाइँमा कमी भएको हो ।
आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शत प्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।